२०८२ श्रावण १५, बिहिबार

युवा संघ धादिङको इन्चार्जमा तामाङ र संयोजकमा पाठक चयन

  • धादिङ आवाज
  • २०८२ श्रावण १०, शनिबार
युवा संघ धादिङको इन्चार्जमा तामाङ र संयोजकमा पाठक चयन

धादिङ । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालको धादिङ जिल्ला इन्चार्जमा सुनिल तामाङ र धादिङ जिल्ला संयोजकमा किरण पाठक चयन हुनुभएको छ ।

राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय कमिटिको दोस्रो पूर्ण बैठकले तामाङ र पाठकलाई उक्त जिम्मेवारी दिएको हो।

यसअघि तामाङ धादिङ जिल्ला कमिटिको अध्यक्ष हुनुहुन्थ्यो भने पाठक उपाध्यक्ष हुनुहुन्थ्यो ।

केन्द्रीय कमिटिको बैठकले धादिङकै दिलिप पौडेललाई युवा संघ नेपालको केन्द्रीय सदस्यमा मनोनित गरी बागमती प्रदेशको सह इन्चार्जको जिम्मेवारी दिएको छ भने बागमती प्रदेशको संयोजकमा हरिशरण जम्कट्टेल र बागमती प्रदेश अन्तर जिल्ला संयोजकमा शिब ओझालाई चयन गरेको छ ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

२ दिन अघि

आज नागपञ्चमी

खोजी गर्नुहोस