धादिङ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) धादिङमा आवद्ध विद्यालयमा आज शोक विदा दिईएको छ ।
सोमबार प्याब्सनले एक शोक विज्ञप्ति जारी गर्दै धादिङको धुनिवेशी नगरपालिका वडा नम्बर ६ मा रहेको गुड स्टार्ट बोर्डिङ स्कुलका संस्थापक प्रधानाध्यापक साथै प्याब्सन धादिङका संस्थापक सल्लाहकार हर्कविर लामाको असामयिक निधनको दुखद घडीमा आज शोक विदा दिएको जानकारी गराएको छ ।
गत असार २२ गते देखि निमोनिया रोगका कारण अस्वस्थ भई नर्भिक अस्पतालमा उपचार गराइरहेका लामाको उपचारकै क्रममा साउन ११ गते निधन भएको थियो ।
लामाले वि.सं.२०५० सालमा गुड स्टार्ट बोर्डिङ स्कुलको स्थापना गरी निरन्तर विद्यालयको शैक्षिक, भौतिक तथा नैतिक विकासमा महत्वपूर्ण योगदान दिनुभएका र कठोर परिश्रम, समर्पण र दुरुदृष्टिपूर्ण नेतृत्वले अनगिन्ती विद्यार्थीहरुलाई जीवनमा अगाडि बढ्न प्रेरणा दिनुभएको प्याब्सन धादिङका सचिव भीमबहादुर श्रेष्ठद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।