२०८२ श्रावण १५, बिहिबार

भोटेकोशीमा बाढी : रसुवा, नुवाकोट र धादिङमा उच्च सतर्कता अपनाउन आग्रह

  • धादिङ आवाज
  • २०८२ श्रावण १४, बुधबार
भोटेकोशीमा बाढी : रसुवा, नुवाकोट र धादिङमा उच्च सतर्कता अपनाउन आग्रह

काठमाण्डौ । रसुवाको भोटेकोशी नदीमा भेलबाढी आएको छ ।

बाढीले नदी तटीय क्षेत्र र त्रिशुली नदी किनारको क्षेत्रमा जोखिम बढेको भन्दै रसुवा, नुवाकोट र धादिङमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।

धादिङ्गतर्फ गल्छी गाउँपालिका क्षेत्र हुँदै बग्ने त्रिशूली नदी आसपासका नागरिकलाई उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ।

गएराति नै रसुवाको जोखिम क्षेत्रका बासिन्दालाई सूचित गरी कतिपयलाई अहिले सुरक्षित ठाउँमा राखिएको रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले बताउनुभयो ।

नदीमा जलसतह कम नभएकाले सतर्कता अपनाउन भनिएको छ । आवश्यक परे उद्धारका लागि सुरक्षाकर्मीको टोली परिचालन गरिएको छ ।

भोटेकोशीको बाढीले रसुवागढी–स्याफ्रुबेशी सडक फेरि विच्छेद भएको छ । त्यस्तै केही पुल र क्याम्प पनि बगाएको जानकारी आएको छ ।

बाढी आउने बित्तिकै प्रहरी टोली परिचालन गरेर नदी तटिय क्षेत्रका स्थानीयवासीलाई सुरक्षित ठाउँमा सारिएको छ ।

गएको असार २४ गते ल्हेन्दो खोलामा भेलबाढी आएको थियो । त्यतिबेला ल्हेन्दे खोलाको माथिल्लो जलाधार क्षेत्रमा सुप्राग्ल्यासियर ताल विस्फोट हुँदा भेलबाढी आएको प्रारम्भिक निष्कर्ष निकालिएको थियो ।

तस्वीर : रेडियो लाङटाङ

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

२ दिन अघि

आज नागपञ्चमी

खोजी गर्नुहोस