२०८२ श्रावण १५, बिहिबार

लागूऔषध खैरो हेरोइन, गाँजा र नगदसहित तिनजना पक्राउ

  • धादिङ आवाज
  • २०८२ श्रावण १४, बुधबार
लागूऔषध खैरो हेरोइन, गाँजा र नगदसहित तिनजना पक्राउ

धादिङ । काठमाडौं महानगरपालिका-१४ कलंकीबाट करिब १ ग्राम ९ सय १० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन, करिब १ सय ३८ ग्राम ८ सय ६० मिलिग्राम गाँजाको धुलो, डिजिटल तराजु १ थान र नगद २१ हजार रूपैयाँ सहित ३ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्ने धादिङका ३६ वर्षीय शिव नेपाली, रामेछाप घर भएका ३० वर्षीय मिलन श्रेष्ठ र झापा घर भएका २६ वर्षीय सुरज श्रेष्ठ रहेका छन् ।

मंगलबार बेलुकी प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरी उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

२ दिन अघि

आज नागपञ्चमी

खोजी गर्नुहोस