२०८२ श्रावण १६, शुक्रबार

आज राष्ट्रिय कोदो दिवस मनाइँदै

  • धादिङ आवाज
  • २०८२ श्रावण १६, शुक्रबार
आज राष्ट्रिय कोदो दिवस मनाइँदै

काठमाण्डौ । आज राष्ट्रिय कोदो दिवस मनाइँदैछ ।

कोदोजन्य बालीले साना किसानको आयआर्जन बढाउन, खाद्य तथा पोषण सुरक्षाका लागि आज साउन १६ गते दिवस मनाउन लागिएको हो ।

कोदोजन्य बालीहरूको आयात रोक्न, उत्पादन तथा उत्पादकत्व बढाउने उद्देश्यले पहिलोपटक यो दिवस मनाइँदैछ ।

दिवसको अवसरमा ‘कोदोजन्य परिकारको आहार/खाद्य सुरक्षा र स्वस्थ जीवनको आधार’ भन्ने नारासहित विभिन्न कार्यक्रम हुँदैछन् ।

देशको दिगो विकास लक्ष्य हासिल गर्न, जलवायु परिवर्तनवाट हुने असर कम गर्न र जैविक विविधता जोगाउँदै खाद्य प्रणालीको रुपान्तरण गर्न दिवस महत्त्वपूर्ण हुने कृषि विभागको भनाइ छ ।

कृषि विभागका अनुसार गएको आर्थिक वर्षमा ७६ करोड ६३ लाख ८६ हजार रुपैयाँ बराबरको करिब १८ हजार ३१६ मेट्रिक टन कोदोजन्य उत्पादनको आयात भएको छ ।

पानी नपरेर धान रोपाइँ हुन नसकेको मधेशलगायतका ठाउँमा वैकल्पिक बालीको रुपमा कोदो खेती गर्न सकिने विज्ञहरुको भनाइ छ ।

कम पानी, थोरै मल, कम मेहनतमा पनि सहजै र देशैभर उत्पादन गर्न सकिने कोदोजन्य बालीको उत्पादन बढाउन दिवसको एक दिन मात्र नभएर अब अभियानकै रुपमा कार्यक्रम लैजानुपर्नेमा विज्ञहरुले जोड दिँदै आएका छन् ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

३ दिन अघि

आज नागपञ्चमी

खोजी गर्नुहोस