काठमाण्डौ । शेयर कारोबारको खाता खोल्न अब राष्ट्रिय परिचय पत्र अनिवार्य रुपमा चाहिने भएको छ ।
नयाँ कारोबार खाता खोल्दा राष्ट्रिय परिचय पत्र नम्बर अनिवार्य गर्न नेपाल स्टक एक्सचेन्जले ब्रोकर कम्पनीहरूलाई पत्राचार गरेको छ।
आफ्नै कारोबार प्रणाली प्रयोग गरिरहेका ब्रोकरहरूलाई पनि यसको लागि तयारी गर्न समेत नेप्सेले निर्देशन दिइएको छ ।
ग्राहकले राष्ट्रिय परिचयपत्र नम्बरका आधारमा केवाईसी विवरण भर्नुपर्ने हुन्छ ।अहिलेसम्म नागरिकता तथा नागरिकता नम्बरका आधारमा केवाईसी फारम भरिने गरिएकोमा राष्ट्रिय परिचयपत्र चाहिने भएको हो ।