हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले राजीनामा दिनुभएको छ ।लामाले आइतबार पदबाट राजीनामा दिनुभएको हो ।
पार्टी सभापति शेरबहादुर देउवाको निर्देशन अनुसार आफूले राजीनामा दिएको लामाले बताउनुभयो ।
मुख्यमन्त्री लामाले साँझ ६ बजे मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय परिसरस्थित प्रदेश सुशासन हलमा पत्रकार सम्मेलन गर्दै आफ्नो कार्यकालमा भएका प्रगति विवरण सुनाएका थिए।
९ साउन २०८१ मा मुख्यमन्त्रीमा शपथ लिएका बहादुरसिंह बागमती प्रदेशका मुख्यमन्त्री नेपाली कांग्रेसबाट र तामाङ समुदायका पहिलो हुनुहुन्छ ।