कास्की । पोखरा महानगरपालिका-२७ रिठ्ठेपानीबाट नियन्त्रित लागूऔषध नोर्फिन २ सय ५८ एम्पुल, डाइजेपाम १ सय ७६ एम्पुल र फेनारगन २ सय २४ एम्पुल सहित एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सोही ठाउँ डेरा गरी बस्ने धादिङ सिद्धलेक गाउँपालिका-१ कालिदह घर भएका २४ वर्षीय राजन गुरूङ रहेका छन्।
आइतबार राति इलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरी गुरूङको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको प्रहरीले जनाएको छ ।
यस सम्बन्धमा आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।