काठमाण्डौ । गाईजात्रा पर्वको अवसरमा साउन २५ गते आइतवार बागमती प्रदेश सरकारले प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
नेवार समुदायको बसोबास रहेको बागमती प्रदेशको काठमाण्डौ उपत्यकासहित विभिन्न ठाउँमा गाईजात्रा पर्व मनाइने गरिएको छ ।
सङ्घीय सरकारले गाइजात्राका अवसरमा काठमाण्डौ उपत्यकामा मात्रै बिदा दिँदै आएको छ ।