२०८२ मंसिर २८, आईतबार

दिउँसो पनि धेरै ठाउँमा पानी पर्ने

  • धादिङ आवाज
  • २०८२ श्रावण २३, शुक्रबार
दिउँसो पनि धेरै ठाउँमा पानी पर्ने

काठमाण्डौ । आज दिउँसो पनि केही ठाउँमा मध्यमदेखि ठूलो वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भूभागका धेरै र बाँकी पहाडी भू-भागका केही ठाउँहरुमा तथा मधेश प्रदेश र बाँकी तराई भू-भागगका थोरै ठाउँहरुमा मध्यम वर्षाको सम्भावना रहेको छ ।

लुम्बिनी प्रदेशको तराईलगायत कोशी, कर्णाली र सुदुरपश्चिम प्रदेशको पहाडी भू-भागको एकरदुई ठाउँमा ठूलो पानी पर्न सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

गएराति र बिहानपख देशका केही ठाउँमा मध्यमदेखि ठूलो वर्षा भएको छ ।

बिहान दैलेख र कास्की तथा राति दैलेख र कास्कीसँगै बर्दिया, लमजुङ, नुवाकोट, सिन्धुपाल्चोक, उदयपुर र गोरखामा ठूलो पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

वर्षामापन केन्द्र र आसपासको क्षेत्रमा मध्यमदेखि भारी वर्षा मापन भएको र ती क्षेत्र भई बहने ससाना खोलाहरुमा बहाब बढ्न सक्ने भएकोले तटीय क्षेत्रमा बस्नेहरुलाई सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस