२०८२ श्रावण २५, आईतबार

श्रमदानबाट सडक सरसफाइ

  • धादिङ आवाज
  • २०८२ श्रावण २४, शनिबार
श्रमदानबाट सडक सरसफाइ

धादिङ । सिद्धलेक गाउँपालिका वडा नं.१ स्थित डुम्रेखोलादेखी वडा कार्यालयसम्मको सडक श्रमदानमार्फत सरसफाई गरिएको छ ।

बिहिबार वडाको आयोजनामा डुम्रे खोला प्रतिक्षालय चोकदेखी वडा कार्यालय सडक अन्तर्गत जल्किनी सम्मको कालोपत्रे सडकमा श्रमदानमार्फत सरसफाई कार्यक्रम सञ्चालन गरिएको हो ।

सार्वजनिक सरसफाई तथा सामाजिक सद्भावका लागि भएको सरसफाई कार्यक्रममा वडावासी जनसमुदाय, राजनितिक दल, सुरक्षाकर्मी, कर्मचारी, शिक्षक, आमा समूह, टोल विकास समिति, यूवा क्लब, स्वास्थ्य स्वयंसेविका लगायतका व्यक्तिहरु सहभागी थिए ।

यस अभियानले वडाको सार्वजनिक स्थानलाई सफा राख्न, स्थानीय स्वामित्वको भावना बढाउन र सहकार्यको सन्देश दिने वडा अध्यक्ष पेमा वाङग्याल लामाले बताउनुभयो ।

यसअघि वडाले साउन ७ गते बुधबार नलाङ वैरेनी चोकदेखि अर्चले डाँडा हुँदै खनाल टारसम्मको कालोपत्रे सडक पनि श्रमदानमार्फत सरसफाई गरेको थियो ।

तस्विरहरु

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस