काठमाण्डौ । तराई मधेशका जिल्लाहरूमा पर्सि मङ्गलवारदेखि मुसलधारे वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन्।
मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा केही उत्तरतर्फ सर्ने र जलवाष्पयुक्त हावाको मात्रा बढ्ने सम्भावना रहेकोले मङ्गलवार दिउँसोपछि मधेश प्रदेशका केही ठाउँमा अतिभारीसहित कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका धेरै ठाउँमा भारी वर्षा गराउने छ ।
बुधवारदेखि पश्चिमतर्फ बढी वर्षा हुनेछ ।
महाशाखाका अनुसार २४ घण्टामा २०० मिलिमिटर वा त्योभन्दा बढी पानी परेमा अति भारी वर्षा भनिन्छ । यस्तो अवस्थामा बाढी, पहिरो र डुबानको जोखिम बढ्छ । filephoto