काठमाण्डौ । मनसुनी प्रणाली भोलिदेखि थप सक्रिय हुने मौसमविद्ले बताएका छन् ।
मनसुनी न्यून चापीय रेखा सरदर ठाउँबाट केही उत्तरतर्फ सर्ने जलवाष्पयुक्त हावाको आगमन बढ्ने भएकोले भोलिदेखि वर्षाको सम्भावना बढ्ने भएको हो ।
मौसमविद्का अनुसार भोलि मधेश प्रदेशका धेरै ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ ।
यस्तै कोशी, बागमती र गण्डकी प्रदेशका पनि केही ठाउँमा ठूलो पानी र धेरै ठाउँमा मध्यम पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पर्सि बुधवारदेखि पश्चिमतर्फ सर्ने प्रणालीले बिहीवारसम्म पानी पार्ने सम्भावना छ ।