२०८२ श्रावण २७, मंगलबार

देशभर ९१ प्रतिशत धान रोपाइँ सकियो

  • धादिङ आवाज
  • २०८२ श्रावण २६, सोमबार
देशभर ९१ प्रतिशत धान रोपाइँ सकियो

|धनुषाको लक्ष्मीनिया गाउँपालिका ५ मा अवस्थित नेपाल कृषि अनुसन्धान परिषद्अन्तर्गतको राष्ट्रिय धानबाली अनुसन्धान केन्द्र, हर्दिनाथ आसपासको क्षेत्रमा हरियाली देखिएको धान खेतको फाँट। कृषि विकास निर्देशनालय, नक्टाझिझ धनुषाका अनुसार हालसम्म धनुषामा ७० प्रतिशत र समग्र मधेस प्रदेशमा ७६.५४ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ। तस्बिरः अमरेन्द्रकुमार यादव/रासस

काठमाण्डौ । देशभर ९१ प्रतिशत धान रोपाइँ भएको छ ।

साउन २५ गते अर्थात् हिजोसम्ममा देशभर ९१ प्रतिशत धान रोपाइँ भएको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार धान रोपाइँ हुने १३ लाख ७८ हजार ९ सय ६६ हेक्टर क्षेत्रफलमध्ये १२ लाख ५४ हजार ८ सय ८६ हेक्टरमा रोपाइँ सकिएको छ ।

यो गएको वर्षको साउन २५ गतेकै तुलनामा ७ दशमलव १९ प्रतिशतले कमी हो । गएको वर्ष साउन २५ गतेसम्ममा ९८ दशमलव १९ प्रतिशत रोपाइँ सम्पन्न भएको थियो ।

यस वर्ष सबैभन्दा धेरै सुदूरपश्चिम प्रदेशमा ९९ दशमलव ७२ प्रतिशत रोपाइँ भएको छ ।सबैभन्दा कम मधेश प्रदेशमा ७६ दशमलव ५४ प्रतिशतमात्रै रोपाइँ भएको छ ।

मन्त्रालयका अनुसार कर्णाली प्रदेशमा ९८ दशमलव ०४ प्रतिशत, लुम्बिनी प्रदेशमा ९८ दशमलव ०७ प्रतिशत, गण्डकी प्रदेशमा ९२ दशमलव ७७ प्रतिशत, बागमती प्रदेशमा ९३ दशमलव ५६ प्रतिशत र कोशी प्रदेशमा ८० दशमलव ३९ प्रतिशत रोपाइँ भएको छ ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस