धादिङ । धादिङको नीलकण्ठ नगरपालिका–४ मा धारिलो हतियार प्रहारबाट एक जना घाइते भएका छन् ।
सोमबार साँझ घरको गेटैमा अज्ञात समुहले सुलभ श्रेष्ठलाई धारिलो हतियार प्रहार गरेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक सुवास हमालले जानकारी दिनुभयो ।
हतियार प्रहारबाट घाइते भएका श्रेष्ठको धादिङ अस्पतालमा उपचार भइरहेको छ ।
श्रेष्ठको थाइमा गहिरो चोट लागेको छ भने अनुहारमा पनि चोट लागेको धादिङ अस्पतालले जनाएको छ ।
घाईते भएका श्रेष्ठ कक्षा १० मा अध्ययनरत छात्र रहेको प्रहरी नायव उपरीक्षक हमालले बताउनुभयो ।
उनको साथीभाइविचको झगडा रहेको अनुमान गरिएको छ । घटना बारे थप अनुसन्धान भईरहेको प्रहरी नायव उपरीक्षक हमालले बताउनुभयो । तस्विर : अर्जुन श्रेष्ठ