२०८२ श्रावण ३१, शनिबार

पेट्रोलको भाउ बढ्यो, डिजेल र मट्टीतेलको घट्यो

  • धादिङ आवाज
  • २०८२ श्रावण ३१, शनिबार
पेट्रोलको भाउ बढ्यो, डिजेल र मट्टीतेलको घट्यो

काठमाण्डौ । पेट्रोलको मुल्य बढेको छ भने डिजेल र मट्टीतेलको मुल्य घटेको छ ।

नेपाल आयल निगमले गएरातीदेखी लागु हुने गरी पेट्रोलको लिटरमा दुई रुपैयाँले बढाएको छ भने डिजेल र मट्टीतेलको मुल्य एक रुपैयाँले घटाएको छ ।

भारतीय आयल कर्पोरेसन (आईओसी) ले पठाएको खरिद मूल्य अनुसार नयाँ मुल्य तोकिएको निगमले जनाएको छ ।

अब चारआली, विराटनगर, वीरगञ्ज, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज र धनगढी क्षेत्रमा पेट्रोलको भाउ लिटरमा १५८ रूपैयाँ ५० पैसा र डिजेल-मट्टीतेलको १४६ रूपैयाँ ५० पैसा पर्नेछ ।

सुर्खेत र दाङ क्षेत्रमा अब पेट्रोलको भाउ लिटरमा १६० रूपैयाँ र डिजेल–मट्टीतेलको १४८ रूपैयाँ पर्नेछ ।

यस्तै काठमाण्डौ, पोखरा र दिपायल क्षेत्रमा अब पेट्रोलको भाउ लिटरमा १६१ रूपैयाँ र डिजेल–मट्टीतेलको १४९ रूपैयाँ पर्नेछ ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस