२०८२ श्रावण ३१, शनिबार

बीपी राजमार्गमा भदौ १५ गतेसम्म रातको समयमा गाडी चलाउन नपाइने

  • धादिङ आवाज
  • २०८२ श्रावण ३१, शनिबार
बीपी राजमार्गमा भदौ १५ गतेसम्म रातको समयमा गाडी चलाउन नपाइने

काठमाण्डौ । जिल्ला प्रशासन कार्यालय काभ्रेले बीपी राजमार्गमा रातको समयमा गाडी चलाउन नपाउने व्यवस्था भदौ १५ गतेसम्मका लागि थप गरेको छ ।

प्रशासनले यस अघि साउन महिनाभरको लागि रातको समयमा गाडी चलाउन रोक लगाएकोमा शुक्रबार सूचना निकालेर भदौ १५ गतेसम्म राति गाडी चलाउन नपाउने जानकारी गराएको हो ।

जिल्ला सुरक्षा समिति काभ्रेको शुक्रबार सम्पन्न बैठकले भदौ १ गतेदेखि १५ सम्म बेलुका ५ देखि बिहान ५ बजेसम्म राजमार्गमा यात्रुवाहक तथा निजी गाडी सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो ।

काभ्रेभन्ज्याङदेखि सिन्धुलीको खुर्कोट खण्डका विभिन्न ठाउँमा जोखिम भएकाले गाडी चलाउन रोक लगाइएको प्रशासन कार्यालयले जनाएको छ ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस