२०८२ श्रावण ३१, शनिबार

खोला तर्ने क्रममा एक जना बेपत्ता

  • धादिङ आवाज
  • २०८२ श्रावण ३१, शनिबार
खोला तर्ने क्रममा एक जना बेपत्ता

धादिङ । धादिङको निलकण्ठ नगरपालिका-६ स्थित आगे खोला तर्ने क्रममा एक जना युवक बेपत्ता भएका छन् ।

आइतबार साँझ खोला तर्ने क्रममा चितवनको कालिका नगरपालिका–३ घर भएका अन्दाजी २१ वर्षीय रबिन तामाङलाई खोलाले बगाएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय सुनौलाबजारबाट खटिएको प्रहरी टोलीले अन्य तीन जनालाई सकुशल उद्धार गर्न सफल भएपनि तामाङ भने हालसम्म बेपत्ता रहेको र खोजतलास कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

बेपत्ता रहेका तामाङ नीलकण्ठ-५ स्थित सडकमा काम गर्ने कामदार हुन् ।  filephoto

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस