काठमाण्डौ । विगत चार महिनाको अवधिमा २ हजार ८५३ वटा विपद्का घटनाबाट १२६ जनाको मृत्यु भएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार गएको वैशाखदेखि साउन मसान्तसम्म उक्त घटनामा परि १ सय २६ जनाको मृत्यु भएको छ भने ५ सय ८५ जना घाइते भएका छन् ।
त्यस्तै २३ जना बेपत्ता भएका छन् ।
विपद्का घटनामा ५ हजार ४१ परिवार प्रभावित भएका छन् । ४ महिनाको अवधिमा बाढीका २ सय १६, पहिरोका ३ सय १७, अत्यधिक वर्षाका २ सय २१, चट्याङका २ सय ४५, सर्पदंशका ७७ वटा घटना भएका छन् ।
त्यसैगरी आगलागीका १ हजार १ सय १४, डढेलोका १ सय ५८, हुरीबतासका २ सय ७७, जनावर आक्रमणका १ सय ७२, लेक लागेको ४६, भूकम्पका ५, डुङ्गा पल्टेका २, असिना हुरी र अन्यका १र१ वटा विपद्का घटना भएका प्राधिकरणले जनाएको छ ।