२०८२ भाद्र २, सोमबार

अन्य विषय पढेकाले पनि माविको शिक्षक लाइसेन्स निकाल्न पाउने

  • धादिङ आवाज
  • २०८२ भाद्र १, आईतबार
अन्य विषय पढेकाले पनि माविको शिक्षक लाइसेन्स निकाल्न पाउने

काठमाडौं । माध्यमिक तहको अध्यापन अनुमतिपत्र लिन शिक्षा संकायबाहेक अन्य विषय पढेकाले पनि पाउने भएका छन्। शिक्षक सेवा आयोगले शनिबार सार्वजनिक गरेको विज्ञापनमा अन्य विषय अध्ययन गरेकाले पनि दरखास्त आवेदन दिन पाइने उल्लेख छ।

आयोगले शिक्षक सेवा आयोग नियमावली संशोधनसहित, २०५७ को नियम ९ को उपनियम १ को खण्ड ग र नियम ९ को उपनियम ७ बमोजिम तोकिएको न्यूनतम् योग्यता पुगेका र तोकिए बमोजिमको तालिम प्राप्त गरेकाले माध्यमिक तहको अध्यापन अनुमतिपत्र लिन पाइने भनेको छ।

उक्त नियमावली संशोधनसहित, २०५७ को नियम ९ को उपनियम १ को खण्ड ग मा माध्यमिक विद्यालयको शिक्षकको लागि सम्बन्धित विषयमा स्नातक तह वा सो सरहको परीक्षा उत्तीर्ण गरी शिक्षा विषयमा कम्तीमा दश महिने तालिम लिएको हुनुपर्ने व्यवस्था छ।

यस्तै, नियम ९ को उपनियम ७०भनिएको छ,‘उपनियम १ को खण्ड ग मा जुनसुकै कुरा लेखिएको भए तापनि विज्ञान, गणित, अंग्रेजी, लेखा, कम्प्युटर, सिभिल इन्जिनियरिङ्ग, इलेक्ट्रिकल इन्जिनियरिङ्ग, पशुपालन वा वाली विज्ञान विषयमा स्नातक गरेका व्यक्तिले सो खण्ड बमोजिमको तालिम नलिए पनि माध्यमिक तहको अध्यापन अनुमतिपत्र वा शिक्षक पदको लागि लिइने परीक्षामा उम्मेदवार हुन सक्नेछ।’

उक्त व्यवस्था अनुसार शिक्षा संकायबाहेकका इन्जिनियरिङ अध्ययन संस्थानरशंकाय,विज्ञान तथा प्रविधि अध्ययन संस्थानरसंकाय,मानविकी तथा सामाजिक शास्त्र संकाय लगायतको विज्ञान, गणित, अंग्रेजी, लेखा, कम्प्युटर, सिभिल इन्जिनियरिङ्ग, इलेक्ट्रिकल इन्जिनियरिङ्ग, पशुपालन वा वाली विज्ञान विषयमा स्नातक गरेका व्यक्तिले माध्यमिक तहको अध्यापन अनुमतिपत्र लिन पाउने छन्।

यसका लागि इच्छुक व्यक्तिहरूले आयोगको आधिकारिक अनलाइन दरखास्त प्रणालीमार्फत अनलाइन दरखास्त दिन सक्ने छन्। सरकारले नै अध्यापन अनुमतिपत्र शिक्षक लाइसेन्सको परीक्षामा जुनसुकै विषय अध्ययन गर्ने व्यक्ति सम्मिलित हुन पाउने व्यवस्था नै गर्दैछ।

प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधिको समितिले असार १५ गते भएको शिक्षा विधेयकमाथिको छलफलमा ‘विद्यालय तहको शिक्षक’ हुन जुनसुकै विषय पढेकाले पनि अध्ययन अनुमतिपत्र लिन पाउने सहमति गरिसकेको छ।

आयोगले जारी गरेको सूचना अनुसार आगामी कात्तिक २२ गते दिउँसो १ बजेबाट माध्यमिक तहको अध्यापन अनुमतिपत्र परीक्षा सञ्चालन हुने छ। यो सूचना प्रकाशित भएको मितिदेखि भदौ २९ गतेसम्म आवेदन दिन पाइने छ। दस्तुर एक हजार तोकिएको छ।

दोब्बर दस्तुरमा असोज ५ गतेसम्म फारम भर्न पाइने छ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस