सुनसरी । सुनसरीको इनरूवा नगरपालिका-४ बसपार्कबाट १४ ग्राम ३५ मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगरसहित ४ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरूमा धादिङ थाक्रे गाउँपालिका-१० बस्ने ३१ वर्षीय कुमार बिडारी, मोरङ सुन्दरहरैंचा नगरपालिका-६ बस्ने ३७ वर्षीय रोशन खड्का, ३२ वर्षीय लाल बहादुर विक र दोलखा मेलुङ गाउँपालिका-२ बस्ने ३३ वर्षीय राम आछामे रहेका छन् ।
शनिबार साँझ जिल्ला प्रहरी कार्यालय सुनसरी समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।