त्रिभुवन राजपथ अन्तरगत धादिङको धुनिवेशि नगरपालिका-८ खानिखोलामा पेट्रोल बोकेको ट्याङकरमा आगलागी भएको छ ।
आज बिहान बाराको अम्लेखगंजबाट काठमाण्डौ तर्फ जाँदै गरेको ना.७ ख.३७७४ नम्बरको पेट्रोलियम पदार्थ बोकेको ट्याङकरमा अचानक इन्जिनको तार सर्ट भई आगलागि भएको इलाका प्रहरी कार्यालय खानीखोलाले जनाएको छ।
२० हजार लिटर पेट्रोल बोकेको ट्याङकरमा आगलागि भएको खबर पश्चात स्थानिय, प्रहरी र दमकलको सहयोगमा आगो पुर्णरुपमा नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार आगलागीबाट मानविय क्षति नभएको,ट्याङकरको ईन्जिनको तारमा मात्र क्षति भएको छ।