धादिङ । धादिङको सिद्धलेक गाउँपालिकाले पालिकाभित्रका विद्यालय समायोजन तथा शिक्षक,कर्मचारीको सरुवा गरेको छ।
गएको साउन २९ गते बिहीबार बसेको शिक्षा समितिको बैठकले पालिकाको ९ वटा विद्यालय समायोजनसंगै २८ जना शिक्षक, १० जना सहयोगी कार्यकर्ता र ८ जना कार्यलय सहयोगीको सरुवा गर्ने निर्णय गरेको छ ।
नयाँ शैक्षिक सत्र शुरु भएको चार महिना पछि पालिकाले विद्यालय खारेज,शिक्षक सरुवा लगायतका निर्णय गरेको हो ।
समायोजन हुने विद्यालयहरुमा वडा नं २ को शान्ति आ.वि, कालिकादेवी आ.वि फाले र सरस्वती आ.वि बिस्टारी, वडा नं ३ को बराह आ.वि, वडा नं ५ अन्नपूर्ण आ.वि, वडा न.६ को समिटार आ.वि र वडा नं ७ को कालिका चामडाँडा, कालिका अमिलिछाप र भुमेश्वर आ.वि रहेका छन् ।
समायोजन भएका बिद्यालयका शिक्षकहरुलाई अन्य विद्यालयमा सरुवा गरिएको छ ।
त्यस्तै शिक्षा समितिको बैठकले बिद्यालय वर्गिकरण गरेको छ । वर्गिकरण अनुसार १–१२ कक्षा सम्म सञ्चालन गर्ने विद्यालय ५ वटा, १–१० कक्षा सम्म सञ्चालन गर्ने विद्यालय ८ वटा, १–८ कक्षा सम्म सञ्चालन गर्ने विद्यालय ४ वटा, १–५ कक्षा सम्म सञ्चालन गर्ने विद्यालय ६ वटा, १–३ कक्षा सम्म सञ्चालन गर्ने विद्यालय ३ वटा र इसिडी कक्षा मात्रै सञ्चालन हुने बिद्यालय १२ वटा रहेको छ। समायोजनसँगै पालिका भित्र ३८ वटा विद्यालय रहेको छ ।
बिद्यालयको विवरण