चितवन । चितवनमा जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमणबाट ३ जनाको मृत्यु भएको छ ।
गएको साउन २३ देखि भदौ ३ गतेसम्मको नमूना परीक्षणमा ९ जना सङ्क्रमित फेला परेकामा ३ जनाको भने मृत्यु भएको जनस्वास्थ्य कार्यालयका कीट नियन्त्रक राम केसीले जानकारी दिनुभयो ।
चितवनको भरतपुर महानगरपालिका, कालिका नगरपालिका, राप्ती नगरपालिका, खैरहनी नगरपालिका र माडी नगरपालिकाका बासिन्दामा जापानिज इन्सेफ्लाइटिस भेटिएको छ ।
क्युलेक्स जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने यो रोगको लक्षणहरु अचानक उच्च ज्वरो आउने, बेस्सरी टाउको दुख्ने, बान्ता हुने, शरीर काम्ने, घाँटी दुख्ने हुन् ।