२०८२ भाद्र २१, शनिबार

नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

  • धादिङ आवाज
  • २०८२ भाद्र ६, शुक्रबार
नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

काठमाण्डौ । देशका केही ठाउँमा अहिले ठूलो पानी परिरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले नदी किनारको बाटो भई यात्रा गर्ने र नदीको तटीय क्षेत्रमा रहनेहरूलाई सतर्कता अपनाउन आग्रह गरेको छ ।

त्यस्तै अहिले मकवानपुरको मकवानपुरगढी र आसपासको क्षेत्रमा पनि ठूलो पानी परिरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

त्यस क्षेत्र भई बहने सम्रीलगायत साना खोलामा आकस्मिक बाढी आउन सक्ने भएकोले तटीय क्षेत्र तथा डुबान भइरहने होचा भागमा रहनेहरूलाई सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस