काठमाण्डौ । शिक्षा विधेयकमा आफूहरूका माग सम्बोधन नभएको भन्दैनेपाल शिक्षक महासङ्घले फेरिआन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ ।
महासङ्घले आज काठमाण्डौमा पत्रकार सम्मेलन गरी आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो ।
महासङ्घले यही भदौ ९ गते प्रधानमन्त्री, शिक्षामन्त्री र राजनीतिक दलका प्रमुख सचेतकलाई ध्यानाकर्षण पत्र बुझाउने, भदौ ११ गतेदेखि २० गतेसम्म केन्द्रमा सबै राजनीतिक पार्टीका कार्यालयमा ध्यानाकर्षण पत्र बुझाउने र कम्तीमा २ घण्टा प्रतिनिधिमूलक धर्ना दिने,भदौ १३ गते सबै पालिकामा र भदौ १५ गते सबै जिल्लाका समन्वय एकाइमा ध्यानाकर्षण पत्र बुझाउने र २ घण्टा धर्ना दिने महासङ्घले जनाएको छ ।
त्यसपछि भदौ २१ गते अर्को चरणको आन्दोलनका कार्यक्रम सार्वजनिक गरिने महासङ्घले चेतावनी दिएको छ ।