धादिङ । पृथ्वी राजमार्ग अन्तरगत धादिङको बेनिघाट रोराङ गाउँपालिका–५ विशालटारस्थित ईभी हाईस दुर्घटना हुँदा आठ जना घाइते भएका छन्।
बुटवलबाट काठमाडौंतर्फ जाँदै गरेको बा.प्र. ०१-००२ ज ६७६३ नम्बरको ईभी हाईस शुक्रबार साँझ करिब ६ः३० बजे अनियन्त्रित भई सडकमा पल्टिएको इलाका प्रहरी कार्यालय बेनिघाटले जनाएको छ ।
घाइते हुनेमा पाल्पाको पुर्बीखोला–१ का २५ वर्षीय बिमल श्रेष्ठ, धादिङ निलकण्ठ–६ का १३ वर्षीय सन्तोष परियार, रामेछाप गोकुलगंगा–४ का ३१ वर्षीय कमल कुमार सुनाम, धादिङ गजुरी–१ का १९ वर्षीय मिलन परियार, ४२ वर्षीय केशब दमाई, २३ वर्षीय प्रमोद परियार, १८ वर्षीय सरोज परियार र बेनिघाट रोराङ–३ का २४ वर्षीय राजु परियार रहेका छन्।
घाइतेहरुको अवस्था सामान्य रहेको र उपचारका लागि राजमार्ग अस्पताल मलेखु पठाइएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार हाईसमा ११ जना सवार थिए ।
सवारी चालक पाल्पा मातागढी–४ का २२ वर्षीय सुनिल बिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।