पर्सा । वीरगञ्ज महानगर–१२ मुर्लीको नयाँ टोलमा हैजाका बिरामी भेटिएका छन् ।सङ्क्रमितमध्ये १६ वर्षीय किशोर, २४ वर्षीय युवक र २४ वर्षीय महिला रहेका छन् ।
मुर्ली टोलमा प्रयोग भइरहेको पिउने पानीको नमूना थप परीक्षणका लागि काठमाण्डौको टेकु प्रयोगशालामा पठाइएको छ ।
महानगरका अनुसार हैजा थप फैलन नदिन टोलबासीलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ ।वीरगञ्ज महानगर, स्वास्थ्य कार्यालयसहितको टोली हैजा देखिएको ठाउँमा खटिएको छ ।
वीरगञ्ज महानगरका अनुसार मुर्ली टोलका ३० भन्दा धेरै झाडापखालासहित अस्पताल भर्ना भएका थिए ।