धादिङ । नीलकण्ठ नगरपालिकाको नीलकण्ठ नगर खानेपानी तथा सरसफाई बोर्डका पदाधिकारीहरुले सपथ लिएका छन् ।
सोमबार एक कार्यक्रमकाविच नीलकण्ठ नगरपालिकाका नगर प्रमुख भीम प्रसाद ढुंगानाले नीलकण्ठ नगर खानेपानी तथा सरसफाई बोर्डका अध्यक्षमा शिव प्रसाद अधिकारीसहित पदाधिकारीहरुलाई पद तथा गोपनियताको सपथ ग्रहण गराउनुभएको हो ।
बोर्डका सदस्यहरुमा कार्यपालिकाको नगरपालिकाको वडा नम्बर ३ का वडा अध्यक्ष राजकुमार श्रेष्ठ, वडा नम्बर ८ का वडा अध्यक्ष प्रकाश कुमार श्रेष्ठ, वडा नम्बर १२ का वडा अध्यक्ष धर्मराज भण्डारी, वडा नम्बर १४ का वडा अध्यक्ष नबराज दुवाडी रहनुभएको छ भने अन्य सदस्यहरुमा भगवती उप्रेती, कृष्ण प्रसाद कोइराला, मन्जु मगर, दयाराम लम्साल, राजाराम रिजाल, निर्देशकमा शिव राना रहनुभएको छ ।
यसैगरी मनोनित सदस्यहरुमा विज्ञ सदस्य डाक्टर कृष्णमान शाक्य, महिला सदस्य कोपिला खाण ठकुरी, नमिता थापा अधिकारी तथा सदस्य राजकुमार श्रेष्ठ रहनुभएको छ ।
सपथ ग्रहण पछी कार्यक्रमलाई सम्बोधन गर्दै बोर्डका अध्यक्ष शिव प्रसाद अधिकारीले नीलकण्ठ नगरपालिकाको तिर्खामूक्त शहर बनाउने परिकल्पना पुरा गर्ने गरि काम गर्ने बताउनुभएको छ ।
उक्त कार्यक्रमको अवसरमा बागमती प्रदेशका नवनियुक्त आन्तरिक मामिला तथा कानुन मन्त्री शिवराज अधिकारी लगाएत जिल्लाका बिभिन्न सरकारी कार्यालयका प्रमुखहरुलाई सम्मान गरिएको थियो ।