२०८२ भाद्र १०, मंगलबार

खैरो हेरोइन र नगदसहित ६ जना पक्राउ

  • धादिङ आवाज
  • २०८२ भाद्र ९, सोमबार
खैरो हेरोइन र नगदसहित ६ जना पक्राउ

झापा । झापाको भद्रपुर नगरपालिका-८ बाट २० ग्राम ४ सय ८० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन र नगद १४ हजार १ सय ७० रूपैयाँ सहित ६ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा सोही नगरपालिका-१० बस्ने २३ वर्षीय अलताप सेख, सोही नगरपालिका-७ बस्ने १९ वर्षीय रमित राजवंशी, २९ वर्षीय सुमित पासी, सोही नगरपालिका-८ बस्ने २१ वर्षीय राज श्रेष्ठ, धादिङ रुवी भ्याली गाउँपालिका-५ बस्ने २४ वर्षीय गुम लामा र काठमाडौं तारकेश्वर नगरपालिका-६ बस्ने १९ वर्षीय न्यान्जी तामाङ रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले उनीहरूलाई आइतबार बेलुकी उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस