२०८२ भाद्र १६, सोमबार

स्क्रब टाइफसबाट एक बालिकाको मृत्यु

  • धादिङ आवाज
  • २०८२ भाद्र १०, मंगलबार
स्क्रब टाइफसबाट एक बालिकाको मृत्यु

पाल्पा । स्क्रब टाइफसबाट पाल्पाको रैनादेवी छहरा गाउँपालिका–१ सिद्धेश्वरकी एक बालिकाको ज्यान गएको छ ।

स्थानीय वेदवेदाङ्ग संस्कृत तथा साधारण माध्यमिक विद्यालयको कक्षा ७ मा अध्ययनरत १२ वर्षीया अस्मिता कुमालको मृत्यु भएको गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख जीवन रानाले जानकारी दिनुभयो ।

अस्मिताको गुल्मीको रिडी प्राथमिक स्वास्थ्य केन्द्र उपचार भइरहेको थियो ।

लगातार ज्वरो, टाउको, गर्धन र घाँटी वरिपरि पसिना, बिमिरा आउनेलगायतका समस्या भएपछि उपचारका लागि लगिएको मृतकका परिवारले जनाएका छन् ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस