२०८२ कार्तिक १८, मंगलबार

गाँजासहित एक जना पक्राउ, एक जना फरार

  • धादिङ आवाज
  • २०८२ भाद्र १६, सोमबार
गाँजासहित एक जना पक्राउ, एक जना फरार

धादिङ । धादिङको बेनिघाट रोराङ गाउँपालिका-२ बडडाँडाबाट करिब ४ किलोग्राम अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् भने एक जना फरार रहेका छन् ।

पक्राउ पर्नेमा मकवानपुरको राक्सिराङ गाउँपालिका-९ बस्ने ५० वर्षीय अक्कल बहादुर घलान रहेका छन् ।

सोमबार बिहान प्रहरी चौकी ताल्तीबाट खटिएको प्रहरीले अक्कल बहादुर र सोही ठाउँ बस्ने ५३ वर्षीय घारे तामाङलाई सोधपुछ गर्ने क्रममा घारे तामाङ झोला फाली फरार भएपश्चात अकल बहादुरलाई नियन्त्रणमा लिई तलासी गर्दा उनको साथबाट उक्त गाँजा फेला पारी पक्राउ गरेको हो ।

साथै प्रहरीले घारे तामाङको झोलाबाट थप ४ किलो गाँजा र ३ सय ग्राम चरेश फेला पारी बरामद गरेको छ ।

हाल फरार तामाङको खोजीकार्य भईरहेको प्रहरीले जनाएको छ । यस सम्बन्धमा आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस