२०८२ भाद्र १८, बुधबार

पर्यटनको नाफा धादिङमै कमाउन व्यवसायीलाई आग्रह

  • धादिङ आवाज
  • २०८२ भाद्र १७, मंगलबार
पर्यटनको नाफा धादिङमै कमाउन व्यवसायीलाई आग्रह

धादिङ । धादिङको एकिकृत पर्यापर्यटन योजना निर्माण सम्बन्धी जिल्ला स्तरीय बैठकमा सहभागीहरुले पर्यटन व्यवसायीलाई धादिङको पर्यटन क्षेत्रको विकासका लागि जिल्लालाई कार्यक्षेत्र बनाउन आग्रह गरेका छन् ।

सोमबार जिल्ला समन्वय समिति धादिङका प्रमुख नवराज अधिकारीको अध्यक्षतामा बसेको बैठकमा पर्यटन बोर्डका पूर्व उपाध्यक्ष चन्द्र रिजालले पर्यटनको अथाह सम्भावना भएको धादिङमा स्थानीय सरकारहरुले पर्यटनमैत्री वातावरण बनाउन आग्रह गर्दै पर्यटन व्यवसायी धादिङमा आकर्षित हुने बताउनुभएको छ ।

जिल्लाको पर्यटन विकास गर्न एकजनाको प्रयास नभइ सरकारका निकाय, स्थानीय सरकार, निजि क्षेत्र, संचारक्षेत्र लगायतको साझा प्रयास हुने उल्लेख गर्दै आगामी जिल्लाको पालिका स्तरको पर्यटन गुरुयोजना बनाएर जिल्ला स्तरीय पर्यापर्यटन योजना बनाउनुपर्ने बताउनुभयो ।

गढी, गुम्बा, देवल, सँस्कृति, परम्परागत अर्गाानिक खाना, प्रवर्धन गर्दै पूर्वाधार विकाससंगै सुरक्षाको ग्यारेन्टी सहितको योजना निर्माणमा जोड इिएको थियो ।

बैठकले काठमाण्डौमा पर्यटन व्यवसायी र जनप्रतिनिधिको भेला गर्ने, गाउँपालिकाको मुख्य गन्तव्यहरुको सूचि पालिकाले बनाउने, एकिकृत किसिमको सम्भाव्यता अध्यापनका लागि पहल गर्ने, पर्यटकीय स्थल, पर्यटकीय रुट स्थानीय सरकारले तय गर्ने र यसलाई एकिकृत योजनामा समायोजन गर्ने निर्णय गरेको छ ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस