धादिङ । नीलकण्ठ नगरपालिका ३ धादिङबेशीस्थित सुगमटोलमा मोटरसाइकलको ठक्करबाट एक महिला घाइते भएकी छन्।
घाईते हुनेमा सिद्धलेक गाउँपालिका–१ नलाङ नयाँबस्तीकी ५८ वर्षीया रनती घले रहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव निरीक्षक एवम् सूचना अधिकारी सुवास हमालले जानकारी दिनुभयो। पैदलयात्री घलेलाई बा.प्र.०५८ प ८२२९ नम्बरको मोटरसाइकलले ठक्कर दिएको हो।
घाइते घलेको धादिङ अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि हेलिकप्टरमार्फत ललितपुरको मेडिसिटी अस्पताल रिफर गरिएको प्रहरी नायव निरीक्षक हमालले बताउनुभयो।
ठक्कर दिने मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। तस्विर:च्याङबा मम्बा