धादिङ । नीलकण्ठ नगरपालिकाका नगर प्रमुख भीम प्रसाद ढुंगानाले एसइई परिक्षामा शत प्रतिशत नतिजा ल्याउने विद्यालयका प्रधानाध्यापक,विद्यालय व्यवस्थापन समितिका अध्यक्षलाई बाजागाजा सहित नगर प्रक्रिममा गराईने बताउनुभएको छ ।
नीलकण्ठ नगरपालिका भित्रका प्रधानाध्यापकहरुको लागि आयोजित दुई दिने प्रगति समिक्षा,क्षमता विकास तालिमलाई सम्बोधन गर्नुहुदै नगर प्रमुख ढुंगानाले उक्त कुरा बताउनु भएको हो ।
विद्यालयका प्रधानाध्यापकहरुलाई प्रोत्साहन स्वरुप सम्मान गर्न लागिएको बताउनुभयो ।
चार जिपिए ल्याउने विद्यार्थीहरुलाई पनि प्रधानाध्यापकसँगै राखेर बजार परिक्रममा गराईने समेत बताउनुभयो ।
नगरपालिकाको कुल बजेट मध्ये ४० प्रतिशत भन्दा बढी बजेट शिक्षा क्षेत्रमा छुट्याईएको भन्दै उहाँलेसोही अनुसारको नतिजा ल्याउने गरी प्रअहरुलाई काम गर्न आग्रह गर्नुभयो ।
एसइईमा शत प्रतिशत ल्याउने विद्यालयलाई नगद,विद्यार्थीलाई नगद सहित पुरस्कृत गर्ने कार्यक्रम यसअघिनै भएको भन्दै उहाँले यसबर्षदेखी एसइई परिक्षामा शत प्रतिशत ल्याउने विद्यालयलाई बाजागाजा सहित नगरपालिकाले भव्य स्वागत गर्ने प्रतिबद्धताा जनाउनुभयो ।
नीलकण्ठ नगरपालिकाले शत प्रतिशत नतिजा ल्याउने विद्यालयका चार लाख र चार जिपिए ल्याउने विद्यार्थीलाई नगद ५० हजार रुपँयाले सम्मान गर्दै आईरहेको छ ।
कक्षा १२ सम्मको शिक्षा निःशुल्क गर्दा अभिभभावहरुलाई आर्थिक भार नपरेको भन्दै उहाँले विद्यालयहरुलाई पनि आर्थिक अभाव हुन नदिएको स्पष्ट पार्नुभयो ।
यसबर्षदेखी कक्षा ८ को परिक्षामा समेत चार जिपिए ल्याउने विद्यार्थीहरुलाई नगद सहित सम्मान गर्ने नगर प्रमुख ढुंगानाले प्रतिबद्धता जनाउनुभएको छ ।
एसइई परिक्षामा शत प्रतिशत ल्याउने नीजि विद्यालयलाई आर्थिक रकम दिन नमिल्ने भएर मात्र नदिएको भन्दै उहाँले विद्यार्थीहरुलाई सामुदायिक विद्यालयका विद्यार्थी बराबरै नगद दिएर सम्मान गरीएको समेत बताउनुभयो ।
सामाजिक विकास समितिका संयोजक मन्जु मगरको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रमा नगर प्रमुख भीम प्रसाद ढुंगाना,प्रमुख प्रशासकीय अधिकृत हरिदत्त कंडेल, शिक्षा विकास तथा समन्वय ईकाका प्रमुख भमिलाल शर्मा सुवेदी,नगर सल्लाहकार दिपक कोईराला लगायतले सम्बोधन गर्नुभएको थियो ।
आजदेखी सुरु भएको तालिम भोली सम्म सन्चालन हुनेछ ।