२०८२ भाद्र २०, शुक्रबार

सामाजिक सञ्जालको दुरूपयोग गर्ने एक जना पक्राउ

  • धादिङ आवाज
  • २०८२ भाद्र १९, बिहिबार
सामाजिक सञ्जालको दुरूपयोग गर्ने एक जना पक्राउ

काठमाडौं । सामाजिक सञ्जालको दुरूपयोग गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कागेश्वरी मनोहरा नगरपालिका-७ मुलपानी डेरा गरी बस्ने सुमन थापा भन्ने प्रेम बहादुर थापा रहेका छन् ।

सामाजिक सञ्जालमा सम्मानित तथा सार्वजनिक पद धारण गरेका व्यक्तित्वहरूलाई लक्षित गरी अमर्यादित अभिव्यक्तिका साथै हिंसात्मक भाषा सहितको पोष्ट गरी समाजमा सार्वजनिक नैतिकता र शिष्टाचारमा असर पार्ने, घृणा तथा द्वेष फैलाउने गतिविधि गरेको भन्दै बुधबार साइबर ब्यूरोबाट खटिएको प्रहरीले थापालाई कागेश्वरी मनोहरा नगरपालिका-७ मुलपानी बाट पक्राउ गरेको हो ।

थापालाई विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा जिल्ला अदालत काठमाडौंबाट ३ दिन म्याद थप गरी आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस