२०८२ भाद्र २१, शनिबार

गाँजा र चरेशसहित दुई जना पक्राउ

  • धादिङ आवाज
  • २०८२ भाद्र २१, शनिबार
गाँजा र चरेशसहित दुई जना पक्राउ

धादिङ । धादिङको थाक्रे गाउँपालिका-६ महादेववेशी बजारबाट करिब ५३ किलो ५ सय ग्राम अवैध लागूऔषध गाँजा र ५ सय ग्राम चरेशसहित दुई जना पक्राउ पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सोही ठाउँ बस्ने २६ वर्षीय बिजय रोका र एक किशोर रहेका छन् ।

शुक्रबार राति प्रहरी चौकी महादेववेशीबाट खटिएको प्रहरीले मकवानपुरबाट महादेववेशी बजारतर्फ आउँदै गरेको बा प्र ०३-००१ ह ८७९ नम्बरको अटोलाई जाँच गर्ने क्रममा उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस