२०८२ भाद्र २१, शनिबार

गाँजासहित दुई जना पक्राउ

  • धादिङ आवाज
  • २०८२ भाद्र २१, शनिबार
गाँजासहित दुई जना पक्राउ

तनहुँ । तनहुँको म्याग्दे गाउँपालिका-४ थर्पु बजारबाट २५ किलो २ सय ९० ग्राम अवैध लागूऔषध गाँजासहित दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा धादिङको गजुरी गाउँपालिका-१ बस्ने ३८ वर्षीय अक्कल बहादुर तामाङ र अर्का एक किशोर रहेको प्रहरीले जनाएको छ ।

शुक्रबार साँझ प्रहरी चौकी थर्पुबाट खटिएको प्रहरीले धादिङबाट पोखरातर्फ जाँदै गरेको बा-९२ प ५४२८ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस