२०८२ भाद्र २१, शनिबार

मन्त्री अधिकारीलाई सम्मान

  • धादिङ आवाज
  • २०८२ भाद्र २१, शनिबार
मन्त्री अधिकारीलाई सम्मान

धादिङ । बागमती प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री शिवराज अधिकारीलाई नेपाल पत्रकार महासंघ धादिङले सम्मान गरेको छ ।

धादिङ जिल्लाका निष्ठावान राजनितिज्ञको पहिचान बनाउनु भएका मन्त्री अधिकारी वागमती प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्री बन्नु भएकोमा नेपाल पत्रकार महासंघ धादिङले जिल्लाका पत्रकारहरुको तर्फबाट शनिबार बधाई दिनुका साथै सम्मान गरेको हो ।

महासंघको कार्यालयमा भएको सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अधिकारीले भन्नुभयो, ‘पत्रकारिता भनेको समाजको ऐना हो, आंफु जस्तो र जे अवस्थामा छ ऐनाले त्यहि देखाईदिने हुनाले ऐनामा देखिएपछि भन्दा देखिनु अघिनै हरेक व्यक्तिले आंफु चनाखो हुनुपर्छ’।

उहाँले निडर, निरन्तर र इमान्दारीताका साथ आफ्नो जिम्मेवारी बहन गर्न सबैले प्रतिबद्ध हुनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष सीताराम अधिकारीले श्रमजीवी पत्रकारको न्यायका लागि कानुन र कार्यक्रम ल्याउन आग्र गर्दै रेडियो, टिभि, अनलाइन पत्रपत्रिकामा समानुपातिक विज्ञापन निति र कार्यक्रममा ल्याउने विस्वास व्यक्त गर्नुभयो ।

स्वरोजगार मिडियाका सहयोग गर्न आग्रह गर्दै महासंघ अध्यक्ष अधिकारीले समग्र संचार क्षेत्रको संरक्षण र सुरक्षा गर्न, संचारकर्मीहरुको क्षमता विकासका कार्यक्रम संचालन गर्न अध्यक्ष अधिकारीले आग्रह गर्नुभयो ।

नेपाल पत्रकार महासंघको केन्द्रिय प्रतिनिधी परिषद सदस्य केशव अधिकारीले आम पत्रकारहरुको तर्फबाट मन्त्री अधिकारीलाई शुभकामना दिंदै कार्यकाल सफलताको शुभकामनाका साथ वागमती प्रदेशका सञ्चारक्षेत्रको विकास, प्रवद्र्धन र पत्रकारहरुको हितमा केही नयाँ काम गर्न सुझाव दिनु भएको थियो ।

पत्रकार महासंघ धादिङका अध्यक्ष सीताराम अधिकारीको अध्यक्षतामा भएको सम्मान तथा बधाई कार्यक्रममा नेपाल पत्रकार महासंघ धादिङका पदाधिकारी, सदस्य तथा विभिन्न सञ्चार माध्यममा कार्यरत पत्रकारहरुको उपस्थिती रहेको थियो ।

मन्त्री अधिकारीले नेपाल पत्रकार महासंघ धादिङका संस्थापक सीताराम वर्माको शालिकमा पुष्पगुच्छा अर्पण समेत गर्नु भएको थियो ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस