२०८२ भाद्र २२, आईतबार

गाँजासहित दुई जना पक्राउ

  • धादिङ आवाज
  • २०८२ भाद्र २२, आईतबार
गाँजासहित दुई जना पक्राउ

धादिङ । एम्बुलेन्समा अवैध लागूऔषध गाँजा ओसार्ने दुई जना पक्राउ परेका छन्।

धादिङको गजुरी गाउँपालिका-२ स्थित एम्बुलेन्सबाट ९० किलो ६ सय ४० ग्राम गाँजासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेहरूमा मकवानपुर राक्सिराङ गाउँपालिका-९ खैराङ बस्ने २५ वर्षीय प्रेम तामाङ र काठमाडौं महानगरपालिका-१४ बल्खु बस्ने २४ वर्षीय सन्तोष राई रहेका छन् ।

गए राति इलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको प्रहरीले चालिसेबाट मलेखुतर्फ जाँदै गरेको मे-१ च १५२२ नम्बरको एम्बुलेन्सलाई जाँच गर्ने क्रममा उक्त परिमाणको गाँजा फेला पारी चालक सन्तोष र एम्बुलेन्समा सवार प्रेमलाई पक्राउ गरेको हो।

यस सम्बन्धमा आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस