२०८२ मंसिर २६, शुक्रबार

आज र भोलि विद्यालय बन्द गर्ने शिक्षण सङ्घसंस्थाहरुको निर्णय

  • धादिङ आवाज
  • २०८२ भाद्र २४, मंगलबार
आज र भोलि विद्यालय बन्द गर्ने शिक्षण सङ्घसंस्थाहरुको निर्णय

काठमाण्डौ । शिक्षण सङ्घसंस्थाहरुले आज र भोलि शोक बिदा दिने निर्णय गरेका छन् ।

जेन–जीको प्रदर्शनमा प्रहरीको गोली लागेर १९ जनाको ज्यान गएपछि नेपाल मन्टेश्वरी एशोशियसन एनएमए, अपेन, हिसान, नेशनल प्याब्सन र प्याब्सनले संयुक्त विज्ञप्ति निकालेर दुई दिन विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

यस्तै धादिङमा पनि नेशनल प्याब्सन र प्याब्सनले पठानपाठन बन्द गर्ने निर्णय गरेका छन् । यस्तै त्रिभुवन विश्वविद्यालय र पूर्वाञ्चाल विश्वविद्यालयले परीक्षा स्थगित गरेका छन् ।

त्रिविको चार वर्षे स्नातक तहको आज, भोलि र पर्सिको परीक्षा स्थगित गरिएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । स्थगित परीक्षा असोज २, ४ र ५ गते हुने त्रिविले जनाएको छ ।

त्यसैगरी पूर्वाञ्चल विश्वविद्यालयले पनि आज र भोलि हुने स्नातक तथा स्नातकोत्तर तहको परीक्षा स्थगित गरेको छ । काठमाण्डौ विश्वविद्यालयले आज पठनपाठन नहुने जनाएको छ ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस