२०८२ मंसिर २६, शुक्रबार

धादिङबेसीमा जेन–जीको समर्थनमा आज प्रदर्शन हुने

  • धादिङ आवाज
  • २०८२ भाद्र २४, मंगलबार
धादिङबेसीमा जेन–जीको समर्थनमा आज प्रदर्शन हुने

धादिङ । जेन–जीको समर्थनमा आज मंगलबार धादिङबेसीमा प्रदर्शनको तयारी भएको छ ।

काठमाडौंमा सोमबार भएको जेन–जी आन्दोलनका क्रममा सरकारले अन्धाधुन्ध गोली प्रहार गर्दा १९ जनाको मृत्यु भएको र ४ सय भन्दा बढि घाइते भएपछि यसको विरोधस्वरूप धादिङका नागरिकहरुले जेन–जीको समर्थन तथा सरकार विरुद्ध प्रदर्शन गर्न लागेका हुन् ।

भ्रष्टाचार, ‘बेबी नेपो’ र सामाजिक सञ्जाल बन्दविरुद्ध भएको जेन–जी आन्दोलनलाई समर्थन र सरकारविरुद्ध बिहान १० बजे सदरमुकाम धादिङबेशीमा शान्तिपूर्ण विरोध प्रदर्शन गरिने जनाईएको छ ।

प्रदशनमा सहभागी हुन आह्वान गरेका छन् ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस