
काठमाण्डौ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले देशव्यापी रूपमा अनिश्चितकालीन सार्वजनिक तथा ढुवानी यातायात सेवा बन्द गर्ने घोषणा गरेको छ ।
महासङ्घले ‘जेनजी’ समूहले हिजो गरेको शान्तिपूर्ण प्रदर्शनमा सरकारबाट दमन भएको र अवस्था असहज भएसँगै शान्ति सुरक्षाको प्रत्याभूति नभएसम्म सेवा सञ्चालन नगर्ने जनाएको छ ।
सरकारबाट उचित शान्ति सुरक्षाको प्रत्याभूति नभएसम्मका लागि देशभर यात्रुवाहक र मालवाहक सार्वजनिक गाडी सञ्चालन नगर्नरनगराउन महासङ्घले आफ्ना सम्पूर्ण सदस्य सङ्घ, समिति, कम्पनी तथा प्रालिलाई विज्ञप्तिमार्फत अनुरोध गरेको छ ।
