२०८२ भाद्र २५, बुधबार

टिपर दूर्घटना हुँदा एक जनाको मृत्यु

  • धादिङ आवाज
  • २०८२ भाद्र २५, बुधबार
टिपर दूर्घटना हुँदा एक जनाको मृत्यु

धादिङ । धादिङको सिद्दलेक गाउँपालिका-६ फिसफिसेटारमा टिपर दूर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

गएराती धादिङबेसीबाट मलेखु तर्फ जाँदै गरेको बागमती प्रदेश ०१-००४ क १०८१ नम्बरको टिपर सडकबाट खेतमा खसेको स्थानियले बताएका छन् ।

दूर्घटनामा गजुरी गाउँपालिका-५ घर भएका टिपर चालक होमे राई मृत अवस्थामा भेटिएको घटनास्थल पुग्नुभएका धादिङ शोसियल भोलेन्टिर्यसका रोस्मित अधिकारीले जानकारी दिनुभयो ।

प्रहरीमा भर्खरै मात्रै खबर आएको र जिल्ला प्रहरी कार्यालय धादिङको टोली घटनास्थल तर्फ जाँदै गरेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक सुवास हमालले जानकारी दिनुभयो ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस