२०८२ भाद्र २५, बुधबार

गोली प्रहारबाट दुई कैदीबन्दीको मृत्यु, सात जना घाइते

  • धादिङ आवाज
  • २०८२ भाद्र २५, बुधबार
गोली प्रहारबाट दुई कैदीबन्दीको मृत्यु, सात जना घाइते

धादिङ । धादिङ कारागारमा सुरक्षा बलको गोली प्रहारबाट दुई कैदीबन्दीको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्।

नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई ढुंगामुढा गर्दै कैदीबन्दीले गेट फोडेर बाहिर निस्कने प्रयास गरेपछि सुरक्षाकर्मीले गोली चलाएका थिए।

गोलि लागेर मृत्यु हुनेमा बेनीघाट रोराङ गाउँपालिका–४ का ६१ वर्षिय जीत बहादुर घले र नवलपरासीका सुनवल–१२ का ३६ वर्षिय इन्द्र बहादुर डाला रहेको धादिङ अस्पतालका विक्रम वि.कले धादिङ आवाजलाई जानकारी दिनुभयो ।

घटनामा अन्य ७ जना घाईते भएका छन् ।

घाईते मध्ये धुनिबेसी–७ का ८५ वर्षीय डम्बरबहादुर दाहाल र गजुरी–६ का ६७ वर्षीय कृष्णबहादुर मोक्तान, त्रिपुरासुन्दरी–१ का ४२ वर्षीय कपिल परियार, गजुरी–८ का ४६ वर्षीय देवराज अधिकारी, गंगाजमुना–२ का ४२ वर्षीय मेमबहादुर तामाङ, नीलकण्ठ–७ का ४१ वर्षीय रामशरण परियार र नेत्रावती डबजोङ–५ का ३४ वर्षीय विकास गुरुङ घाइते भएका छन् ।

घाईते सबैलाई धादिङ अस्पतालमा सामान्य उपचारपछी थप उपचारका लागि काठमाडौँ रेफर गरिएको अस्पतालकी सूचना अधिकारी डा.अस्मिता कटुवाल क्षेत्रीले जानकारी दिनुभयो ।

कैदीबन्दीले नख्खु कारागारबाट पूर्व गृहमन्त्री रवि लामिछानेसहित अन्य कैदी रिहा भएको प्रसंगलाई अघि सार्दै आफूहरुलाई समेत रिहा गर्न माग गरेका थिए । माग पुरा नभएपछि आक्रोशित कैदीबन्दीले कारागारभित्रै आगो लगाएर तोडफोड समेत गरेका छन् ।

नीलकण्ठ नगरपालिकाको दमकलको सहयोगमा आगो नियन्त्रणमा लिईएको थियो । अहिले पनि कारागार वरिपरि कडा निगरानी बढाइएको छ।

हाल धादिङ कारागारमा २३४ जना कैदीबन्दी रहेका छन्, जसमा ९ जना महिला छन्।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस