२०८२ भाद्र २६, बिहिबार

देशका धेरै ठाउँमा वर्षा

  • धादिङ आवाज
  • २०८२ भाद्र २६, बिहिबार
देशका धेरै ठाउँमा वर्षा

काठमाण्डौ । धादिङसहित देशका विभिन्न ठाउँमा गएराति हल्कादेखि मध्यम वर्षा भएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो १२ घण्टामा कैलालीमा सबैभन्दा बढी एक सय ५९ मिलिमिटर पानी परेको छ ।

धादिङ, काठमाण्डौ, नुवाकोट, बाँके, बर्दिया, रुपन्देही, गोरखा, बारा, नवलपरासी, लमजुङ, मकवानपुर, दोलखा, पाँचथर, सङ्खुवासभा, भोजपुर, ताप्लेजुङ, दाङ लगायत जिल्लामा हल्कादेखि मध्यम वर्षा भएको महाशाखाले जनाएको छ ।

मधेश प्रदेश लगायत कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको पहाडी भू–भागका एकरदुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू–भागका केही ठाउँमा र बाँकी तराई भू–भागका थोरै ठाउँमा मध्यम वर्षाको सम्भावना छ ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस