२०८२ भाद्र २६, बिहिबार

उपत्यकामा बिहान १० देखि बेलुकी ५ बजेसम्म र बेलुकी ७ देखि भोलि बिहान ६ बजेसम्म कर्फ्यू

  • धादिङ आवाज
  • २०८२ भाद्र २६, बिहिबार
उपत्यकामा बिहान १० देखि बेलुकी ५ बजेसम्म र बेलुकी ७ देखि भोलि बिहान ६ बजेसम्म कर्फ्यू

काठमाण्डौ । उपत्यकाका तीन जिल्लामा आज बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म निषेधाज्ञा र बेलुकी ७ बजेदेखि भोलि बिहान ६ बजेसम्मका लागि कर्फ्यू आदेश जारी भएको छ ।

नागरिकलाई अत्यावश्यक कार्यको लागि आज बिहान ६ बजेदेखि १० बजेसम्म र बेलुकी ५ बजेदेखि ७ बजेसम्म आवतजावत गर्न सकिने गरी समय निर्धारण गरिएको छ ।

निषेधाज्ञा तथा कर्फ्यूको समय अत्यावश्यक सेवाका एम्बुलेन्स, शव वाहन, दमकल, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीका साथै, खाद्यान्न, इन्धन, दूध, तरकारी, पानी र औषधि ओसारपसार गर्ने गाडीहरु सञ्चालन गर्न सकिने सेनाले जानकारी दिएको छ।

यस समयमा सरकारी कार्यालय, बैङ्क तथा वित्तीय संस्थालगायत सार्वजनिक संस्थानमा कार्यरत कर्मचारीले आफ्नो परिचयपत्र देखाई कार्यालयसम्म आवतजावत गर्न सक्नेछन् ।

यस्तै, आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानका यात्रुहरुले आफ्नो उडानको टिकट देखाई विमानस्थलसम्म आवतजावत गर्न सक्ने सेनाले जनाएको छ ।

सेनाले आवश्यक सहायताको लागि नजिकमा रहेका सुरक्षाकर्मीहरूसँग समन्वय गर्न सबैमा अनुरोध समेत गरेको छ । काठमाण्डौ उपत्यका बाहिरको हकमा सम्बन्धित जिल्लाको सुरक्षा परिस्थिति अनुरूप जिल्ला सुरक्षा समितिहरूबाट निर्णय तथा समन्वय गरिए बमोजिम हुने सेनाले जानकारी दिएको छ ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस