२०८२ भाद्र २८, शनिबार

आन्दोलनमा भएको मानविय क्षतिप्रति धादिङका चार दलद्धारा दुःख व्यक्त

  • धादिङ आवाज
  • २०८२ भाद्र २६, बिहिबार
आन्दोलनमा भएको मानविय क्षतिप्रति धादिङका चार दलद्धारा दुःख व्यक्त

धादिङ। धादिङका चार प्रमुख राजनीतिक दलहरूले भ्रष्टाचार, दण्डहीनता र सुशासनको माग गर्दै जेन–जि युवाद्वारा भदौ २३ गते गरिएको प्रदर्शनका क्रममा भएको मानविय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गरेका छन्।

बिहिबार संयुक्त विज्ञप्ति जारी गर्दै दलहरूले प्रदर्शनका क्रममा घाइते भएका युवाहरूप्रति सहानुभूति प्रकट गर्दै मृतकप्रति श्रद्धाञ्जली अर्पण गरेको छ ।

संयुक्त विज्ञप्तिमा दोषीलाई छानबिन गरी कानूनी कारबाही गर्न माग गरिएको छ। साथै भदौ २४ गते विभिन्न स्थानमा भएको आगजनी, तोडफोड, हिंसा र लुटपाटले देशलाई गम्भीर संकटतर्फ धकेलेको भन्दै चिन्ता व्यक्त गरिएको छ।

सरकारी कार्यालय, बैंक, पसल, यातायात, सञ्चार र स्वास्थ्यजस्ता महत्त्वपूर्ण सेवा अवरुद्ध भएको र सर्वसाधारण प्रभावित भएकाले यस्ता घटनाले शान्ति–सुरक्षामा प्रत्यक्ष असर पारेको विज्ञप्तिमा उल्लेख छ।

दलहरूले आन्दोलनका क्रममा भएको घटनामा सुरक्षाकर्मीको कमजरजोरीको समेत गम्भीर समीक्षा गर्दै आगामी दिनमा यस्ता कमजोरी दोहोरिन नदिन प्रतिवद्धता जनाएका छन्। साथै, संवैधानिक उपलब्धि, लोकतान्त्रिक व्यवस्था र गणतन्त्रलाई धराशायी पार्ने प्रयासलाई सशक्त रूपमा प्रतिकार गर्ने चेतावनीसमेत दिएका छन्।

नेकपा (एमाले)का अध्यक्ष भुमि त्रिपाठी, नेकपा (माओवादी केन्द्र) का संयोजक मनराज भण्डारी, नेपाली कांग्रेसका कार्यबाहक सभापती गेहेन्द्र मल्ल र नेकपा (एकीकृत समाजवादी) संयोजक नारायण कार्कीद्धारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, “जनजीलत उठाउने एजेन्टहरूले परिस्थिति अस्थिर बनाउन खोजिरहेको अवस्थामा सम्पूर्ण युवाहरूको सुरक्षा र सहकार्य अपरिहार्य छ।”

विज्ञप्ति

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

१२ घण्टा अघि

कर्फ्यू जारी

खोजी गर्नुहोस