२०८२ भाद्र २९, आईतबार

आज राष्ट्रिय बाल दिवस मनाईंदै

  • धादिङ आवाज
  • २०८२ भाद्र २९, आईतबार
आज राष्ट्रिय बाल दिवस मनाईंदै

काठमाण्डौ । आज ६१औँ राष्ट्रिय बाल दिवस मनाईंदैछ ।

‘बालबालिकामा लगानी: सुनिश्चीत भविश्यको थालनी’ नाराका साथ दिवस मनाउन लागिएको हो । नेपालले हरेक वर्ष भदौ २९ गतेलाई राष्ट्रिय बाल दिवसको रूपमा मनाउने गरेको छ ।

संयुक्त राष्ट्रसङ्घको बाल अधिकारसम्बन्धी महासन्धि, १९८९ लाई नेपालले अनुमोदन गरेको दिन भदौ २९ गते राष्ट्रिय बालदिवस मनाउने निर्णय भएको हो ।

त्यही अनुसार २०६३ सालदेखि राष्ट्रिय बालदिवस हरेक वर्षको भदौ २९ गते मनाउन थालिएको हो  । साथै २०६४ सालदेखि हरेक वर्ष एक विषयमा मूल नारा बनाएर राष्ट्रिय बालदिवसका कार्यक्रम आयोजना गर्न थालिएको छ ।

२०४७ साल भदौ २९ गते नेपालले संयुक्त राष्ट्रसंघको बालअधिकारसम्बन्धी महासन्धिलाई अनुमोदन गरेको दिनलाई बालबालिकाको विशेष दिनको रूपमा लिइ राष्ट्रिय बाल दिवसको रूपमा मनाउने गरिएको हो ।

नेपालको संविधानले बालबालिकाको हकलाई मौलिक हकको रूपमा आत्मसात् गर्दै हरेक बालबालिकालाई परिवार तथा राज्यबाट शिक्षा, स्वास्थ्य, पालनपोषण, उचित स्याहार, खेलकुद, मनोरञ्जन तथा सर्वाङ्गीण व्यक्तित्व विकासको हक हुनेलगायतको प्रत्याभूति गरेको छ ।

तर धेरै बालबालिका अहिले पनि यस्ता हक अधिकारबाट बञ्चित छन् । विगतमा रत्न शाहको जन्म दिन अर्थात् भदौ ४ गते बालबालिकालाई मिठाई, फलफूल बाँडेर र नाचगान गरेर राष्ट्रिय बालदिवस मनाइने गरिन्थ्यो ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

१ दिन अघि

कर्फ्यू जारी

खोजी गर्नुहोस