२०८२ भाद्र २९, आईतबार

भाटभटेनीबाट आईसक्रिम चोर्ने शिक्षकलाई विद्यालयबाट निष्काशन

  • धादिङ आवाज
  • २०८२ भाद्र २९, आईतबार
भाटभटेनीबाट आईसक्रिम चोर्ने शिक्षकलाई विद्यालयबाट निष्काशन

काठमाण्डौ । जेनजी आन्दोलनको नाममा लुटपाट गरेको भन्दै रुपन्देहीको बुटवलमा रहेको कालिका मानवज्ञान विद्यालयले एक जना शिक्षकलाई निकालेको छ ।

गएको मङ्गलवार जेनजी समूहले गरेको प्रदर्शनका क्रममा भाटभटेनीमा आईसक्रिम बोकेर हिड्दै गरेको फोटो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि विद्यालयले शिक्षक शिवशङ्कर शुक्लालाई कारबाही स्वरुप विद्यालयबाट निष्काशन गरेको हो ।

बुटवलको सुख्खानगरमा रहेको भाटभटेनी सुपर मार्केटमा भएको लुटपाटमा शुक्ला संलग्न देखिएको भन्दै विद्यालयको आचरण संहिता तथा नियम विपरित कार्य गरेको भन्दै हटाएको विद्यालयले जनाएको छ ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

१ दिन अघि

कर्फ्यू जारी

खोजी गर्नुहोस